१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

परराष्ट्रमन्त्री राणाले दोहामा गरिन् द्विपक्षीय भेटवार्ता

१८ असोज, काठमाडौँ ।  कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलगको तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी परराष्ट्रमन्त्री आरजु राणा देउवा त्यहाँ विभिन्न द्विपक्षीय भेटवार्ता गरिरहेकी छन्। उक्त सम्मेलनको ‘साइडलाइन’ मा परराष्ट्रमन्त्री राणाले बिहीबार विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, विदेशमन्त्री तथा मन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गरेकी हुन्।

यधपी उक्त भेटमा आपसी हित र आगामी दिनमा थप सम्बन्ध विस्तार एवंम् सहकार्यबारे कुराकानी भएको बताइएको छ ।

परराष्ट्रमन्त्री  राणा अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभा, क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक तथा कतारको दोहामा आयोजित एसिडीको तेस्रो सम्मेलनमा सहभागिता जनाएर शुक्रबार दोहाबाट स्वदेश  फर्कंदैछिन्।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार १०:३२