५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन

१६ असोज, काठमाडौँ । अस्ट्रेलियाका लागि राजदूत सिफारिस भएकी चित्रलेखा यादवको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ।

समितिको बुधबार बसेको बैठकले यादवको नाम अनुमोदन गरेको हो। गत भदौ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले अस्ट्रेलियाको राजदूतमा यादवको नाम सिफारिस गरेको थियो।

पूर्वउपसभामुख समेत रहनुभएकी यादव कांग्रेसको कोटाबाट राजदूत पदमा सिफारिस हुनुभएको थियो।

प्रकाशित मिति : October 2, 2024 at 5:50 pm