१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

शाओमी नेपालले ल्यायो दसैं अफर

१६ असोज, काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले यो वर्षको दसैंलाई रोमाञ्चक बनाउन नयाँ क्याम्पेन ुदसैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहारु घोषणा गरेको छ। उक्त क्याम्पेनमा ग्राहकले शाओमी वा रेड्मी ब्रान्डका स्मार्टफोनको खरिदमा दैनिक पुरस्कार जित्ने मौका पाउनेछन्।

क्याम्पेन अन्तर्गत प्रत्यक दिन पाँच जना विजेताहरूले रेड्मी बड्स ५ ए जित्नेछन् भने चार जना विजेताहरूले रेड्मी वाच ५ एक्टिभ जित्न सक्नेछन् ।

यस क्याम्पेनको मुख्य आकर्षण भनेको प्रत्यक दिन एक जना विजेतालाई थाइल्यान्ड ट्रिप पनि रहेको छ।

त्यस्तै, उक्त अफरमा सहभागी हुनका लागि असोज १५ गतेदेखि २४ गतेसम्मका कुनै पनि शाओमी वा रेड्मी ब्राण्डका स्मार्टफोन खरिद गर्नुपर्नेछ भने खरिदपछि उक्त स्मार्टफोनको आइएमइआई वान नम्बरलाई ३६००० मा एसएमएस पठाउनु पर्नेछ।

एसएमएस पठाउँदा एमआई स्पेस आइएमइआई १ नम्बर टाइप गरी ३६००० मा पठाउनु पर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : October 2, 2024 at 3:01 pm