१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

पूर्वानुमान हुँदा पनि सरकारले कुनै तयारी नथाल्दा ठूलो क्षति भयाे, अब युद्धस्तरमा काम गरोस्: अध्यक्ष दाहाल

१५ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपद्को पूर्वानुमान हुँदा पनि सरकारले कुनै तयारी नथाल्दा ठूलो क्षति भएको बताउनुभएको छ ।

लगातारको बर्षापछि गएको बाढीले देशको विभिन्न क्षेत्रमा क्षति भएको अवलोकन गर्दै उहाँले सरकारलाई राहत, उद्धार र पुर्नस्थापनामा ढिला नगर्न तथा गम्भिर हुन ध्यानाकर्षण गराउनुभएको छ ।

मौसमविद्हरुले पूर्वानुमान गरिसकेका थिए र आउने दुई तीन दिन भारी वर्षा हुँदैछ । मैले पार्टी र विपक्षी दलका नेताको तर्फबाट ठूलो क्षति हुनसक्छ सबै तयारी अवस्थामा रहनुपर्यो भनेको थिए सरकारलाई तर, सरकारको कुनै तयारी देखिएन । सरकारले जेजति कमीकमजोरी गर्यो गर्यो अब राहत, उद्धार, पुर्नस्थापना घाइतेको उपचारमा सरकार गम्भिर बन्न तथा सबै मिलेर पीडितको घाउमा मल्हमपट्टी लगाउनुपर्छ, ‘अध्यक्ष दाहालले भन्नुभयो ।

उहाँले पार्टीका सबै नेता कार्यकर्ताहरु राहत, उद्धारमा खटिसकेको समेत बताउनुभयो ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलवार १६:५९