१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

११४ अंकले बढ्यो सेयर बजार, ७ अर्ब ६१ करोडको कारोबार

१५ असोज, काठमाडौँ। सेयर बजारमा हरियाली छाएकाे छ । आज सेयर बजार मापक नेप्से परिसूचक ४.५७ प्रतिशत अर्थात् ११४.७० अंकले बढेको छ । यो सँगै नेप्से २६२३.५६ बिन्दुमा उक्लिएको छ ।

आज दिनभरिमा ३०७ कम्पनीको १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको हाे ।

आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो २८ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २३ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै १८ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज १८ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने ३ कम्पनीको शेयर मूल्य ९ दशलमव ९९ प्रतिशतकाले बढेको छ । आज ३० कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा धेरै एनएमबि फिफ्टीका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलवार १५:२६