१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

नख्खु खोलामा उद्धार गर्न सरकार पुगेको थियो: गृहमन्त्री लेखक

१५ असोज, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले  लगातारको बर्षापछि असोज १२ गते नख्खु खोलामा गएको बाढीका बेला उद्धारका प्रतिक्षामा बसेका व्यक्तिलाई उद्धार गर्न सरकार पुगेको बताउनुभएको छ ।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले नख्खु खोलाको बाढीमा फसेका व्यक्तिहरूको उद्धार गर्न सरकार पुगेको बताउनुभएको हो ।

नख्खु खोलाले बगाएका ४ जना मध्ये २ जनाको उद्धार भएको र २ जना अझै बेपत्ता रहेको र उक्त बाढीमा उद्धारको प्रतीक्षामा रहेकाहरूलाई उद्धार गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अघि चित्रबहादुर केसीले पनि बाहिर नख्खु खोलाको बारेमा सोध्नु भएको थियो,त्यहाँ उद्धारको प्रतिक्षामा रहेकाहरूका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी पुगेर रेस्क्यु गर्ने प्रयत्न गरेको हो र सरकार त्यहाँ नपुगेको भन्ने होईन ।  हेलिकप्टरबाट पनि उद्धार गर्ने कोसिस गरेको हो  । म अहिले पनि सबै प्रमुख जिल्ला अधिकारीहरूको सम्पर्कमा छु ।’

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलवार १३:१०