७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

लगातार तेस्रो दिन पनि घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो?

१५ असोज, काठमाडौँ साताको तेस्रो कारोबारको दिन मंगलबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा पाँच सय रूपैयाँ घटेर छापावाल सुन प्रतितोला एक लाख ६० हजार रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि १५ रूपैयाँले घटेर प्रतितोला एक हजार नौ सय २५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : October 1, 2024 at 11:29 am