१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण मुद्दा ‘हेर्न नमिल्ने’ अर्को सुनुवाइ मंगलबार

१४ असोज, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण मुद्दा ‘हेर्न नमिल्ने’ मा परेको छ।

सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको इजलासमा परेको उक्त मुद्दा ‘हेर्न नमिल्ने’ मा परेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिनुभयो । यससँगै मुद्दाको अर्को सुनुवाइ भने मंगलबारका लागि तोकिएको छ ।

प्रसाईं गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उहाँका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नुभएका थिए । असोज ८ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको  थियो । प्रसाईंलाई एक साताअघि प्रहरीले पक्राउ गरेको थियो ।  प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार १४:५५