१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेपाल टेलिकमको पर्व अफर : सहुलियत दरमै भ्वाइस, डेटा र एफटीटीएचका प्याकेज

१३ असाेज, काठमाडाैँ । नेपाल टेलिकमले दशैँ, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा आफ्ना ग्राहकहरुका लागि दशैं अफर २०८१ उपलब्ध गराएको छ।

सो अफरअन्तर्गत सहुलियत दरका भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरु आज (२०८१ असोज १३) देखि प्रारम्भ भई आगामी कात्तिक २३ गतेसम्म उपलब्ध हुनेछन्।

अफरअन्तर्गत साबिकका एफटीटीएचका प्याकेजहरुमा साविककै मूल्यमा थप ब्यान्डविथ उपलब्ध गराइएको कम्पनीले जनाएको छ। ५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच डाटा र कम्बो प्याकेजहरुमा ५० प्रतिशतसम्म क्षमता अभिवृद्धि गरी क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबीपीएस ब्याण्डविथ कायम गरिएको छ।

यो अफर उल्लिखित समयावधिभित्र नयाँ सेवा जडान गर्ने एवम् प्याकेज नवीकरण गर्ने सबै ग्राहकका लागि कायम रहनेछ। साथै एफटीटीएच नयाँ जडानमा जडान शुल्क ५ सय रुपैयाँ मिनाहा समेत गरिएको छ।

यसैगरी दशैं अफरअन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरुका लागि ७९९ रुपैयाँमा अल नेट अनलिमिटेड भ्वाइस सुविधा, ४५ जीबी डाटा र ५०० अल नेट एसएमएस सुविधासहितको ७९९ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरिएको छ। साथै २५० रुपैयाँमा १००० मिनेट अल नेट भ्वाइस सुविधासहितको १००० मिनेट अल नेट भ्वाइस कल अफर र ९९ रुपैयाँमा १००० अन नेट एसएमएस सुविधाको १००० अन नेट एसएमएस प्याकेज समेत सञ्चालनमा ल्याइएको छ।

यी सबै प्याकेजहरुमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ।

आगामी कात्तिक २३ गतेसम्म आफ्नो मोबाइलबाट स्टार१४१५स्टार६ह्याक्स डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरु खरिद गर्न सकिनेछ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आईतवार १८:१२