१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

बाढी र पहिरोपीडितको उद्धारमा जुट्ने एमालेको निर्णय

१३ असाेज, काठमाडाैँ । सत्ताको नेतृत्वकर्ता दल एमालेले अविरल वर्षापछिको बाढी र पहिरो पीडितको उद्धार र राहतका जुट्ने निर्णय गरेको छ ।

आइतबार बसेको केन्द्रित कार्यालय र विपद् व्यवस्थापन विभाग तथा स्वयंसेवा विभागको संयुक्त बैठकले पीडितको उद्धार र राहतमा जुट्ने निर्णय गरेको हो ।

बैठकले पार्टीका कमिटीहरूलाई डुबान र पहिरो पीडितको उद्धार र राहतमा लगाउने निर्णय गरेको हो । पीडितको पक्षमा प्रभावकारी काम गर्न पनि पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आईतवार १४:२२