पहिरोले यात्रुवाहक बस पुर्यो
१२ असो, काठमाडौँ । निरन्तरको बर्षाले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनीबेशी नगरपालिका र काठमाडौंको चन्द्रागिरि नगरपालिकाको सीमा झ्याप्ले खोलामा पहिरो खस्दा यात्रुवाहक बस पुरेको छ। आज बिहान करिब साढे २ बजेतिर आएको पहिरोले यात्रुबाहक बस पुरेको हो ।
सो क्षेत्रमा फसेका यात्रुहरूलाई चन्द्रागिरि नगरपालिकाले बसको व्यवस्था गरी सुरूङ मार्गबाट उद्धार गरिएको छ।
लगातारको बर्षाले देशका बिभिन्न स्थानमा सडक अवरोध हुनुका साथै कैयौले ज्यान समेत गुमाएका छन् ।
नेपाल प्रहरीका सहप्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार विपद्का घटनामा परेर हालसम्म ३४ जना घाइते भएका छन् भने ४० जना सम्पर्कविहीन भएका छन्।अहिलेसम्म एक हजारभन्दा बढीको उद्धार गरिएको छ।
प्रकाशित मिति : September 28, 2024 at 5:31 pm











