१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

अमेरिकाबाट प्रधानमन्त्री ओलीको आग्रह-विपत्ति सबैको साझा चुनौती हो, मिलेर सामना गरौं

१२ असोज, काठमाडौं । भ्रमणका क्रममा अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकसँग फोनमा कुराकानी गर्नुभएको छ ।

अविरल वर्षाका कारण नेपालका विभिन्न ठाउँमा क्षति पुर्‍याएपछि प्रधानमन्त्री ओलीले गृहमन्त्रीसँग फोनमा कुराकानी गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएका छन् , ‘आज पनि देशैभर अविरल बर्षा भइरहेको छ । बाढी, पहिरोले जनधनमा क्षति भएका खबर आइरहेका छन्। अघि भर्खरै गृहमन्त्रीजीसँग टेलिफोनमा कुरा गरेर यस सम्बन्धी सबै विवरण लिएको छु ।

यधपी उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका विपद् उद्धार टोलीलाई पूर्ण क्षमताका साथ  खटाइएको उहाँले बताउनुभयो ।

त्यस्तै, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले पनि जिम्मेवारी पूर्वक उद्धारको काम अघि बढ्न उहाँले निर्देशन दिनुभएको छ ।

उहाँले थप लेख्नुभएको छ,’ मौसमविदहरूका अनुसार आज पनि वर्षा हुनेछ। उद्धारका लागि सरकारले परिचालन गरेका सुरक्षाकर्मीलाई सहयोग गरौं, भेल, बाढी र पहिरोको जोखिम नहुने ठाउँमा सतर्कता अपनाएर बसौं। विपत्ति सबैको साझा चुनौती हो, मिलेर सामना गरौं  ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार १२:११