११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

सहकारी ठगीमा फरार ढोरपाटनका मेयर दिल्लीमा भेटिए, नेपाल ल्याउने तयारी

११ असोज, काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको नयाँदिल्लीमा सुरक्षा अधिकारीले नियन्त्रणमा लिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भारतीय प्रहरीको सहयोगमा उनलाई पक्राउ गरेको बुझिएको छ । उनी नेपाली इमेज सहकारीका संस्थापक अध्यक्ष पनि हुन् ।

मेयर नेपालीले बचतकर्ताको २ अर्बभन्दा बढी अपचलन गरेको आरोप लागेपछि उनी २०८० जेठमा अनुसन्धान सुरू भएलगत्तै फरार भएका थिए ।

नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार उनलाई भारतस्थित नेपाली दूतावासबाट समन्वय गरेर नेपाल ल्याउने तयारी भइरहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार १६:५८