११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

कुमारी बैंकको दसैं उत्सव क्यासब्याक अफर सञ्चालनमा

११ असोज, काठमाडौँ । यही आउदो दशैंका अवसरहरुमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप कुमारी बैंकले दशैं उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ । उक्त अफर अन्तर्गत यस बैंकका सेवाग्राहीहरुले  डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैकिङ्ग मार्फत बस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता र ५० मोबाईल बैकिङ्ग प्रयोगकर्ताले खरिद मुल्यको २५ प्रतिशत वा अधिकतम ५०१ रूपैयाँ बराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछ बैंकले जनाएको छ ।

यो अफर घटस्थापनादेखि महानवमी सम्मको ९ दिनसम्म सञ्चालन हुनेछ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार १३:२४