११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

प्रहरीको दशैं तयारी, काठमाण्डौ उपत्यकामा यस्तो बन्दैछ विशेष सुरक्षा योजना

११ असोज, काठमाडौँ । यही आउँदो चाडपर्वमा काठमाडौँ प्रहरीले करिब १ दर्जन क्षेत्रमा थप सुरक्षा प्रदान गर्नेगरी सुरक्षा योजना सार्वजनिक गरेको छ । दसैँ, तिहार र छठमा सुरक्षा प्रदान गर्नुपर्ने सम्भावित क्षेत्रमा सुरक्षा चुनौती हुने प्रहरीको विश्लेषण छ ।

चाडपर्वमा गहना पसल, टिकट काउन्टर,एटिएम, अनेकन बजार, शक्ति पीठहरू, बसपार्क जस्ता ठाउँहरूमा सुरक्षा गर्ने गरी सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो-‘प्रहरीले आर्थिक कारोबार हुने ठाउँ, काठमाडौँमा खाली हुने घर, सरकारी कार्यालय, स्थानीय बासिन्दामा र भिडभाड हुने ठाउँमा सुरक्षा गर्ने गरी सुरक्षा रणनीति तयार गरेको छ । कुनै पनि घटना भएको ५ मिनेटमा प्रहरी पुग्ने र ३० मिनेटमा सबै व्यवस्थापन गर्ने गरी योजना बनाइएको छ ।’

दसैँ, तिहार र छठ पर्वको सुरक्षामा ३ हजार ७६५ जना प्रहरी परिचालन गर्ने योजना रहेको एसएसपी रजौरेले बताउनुभयो ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार १३:१०