११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने समय परिवर्तन

११ असोज, काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठकको समय परिवर्तन गरेको छ ।

आइतबार दिउँसो २ बजेका लागि शेरबहादुर देउवा निवास, बुढानीलकण्ठमा बस्ने भनिएकोमा बिहान ९ बजे बस्न लागिएको कार्यवाहक मुख्यसचिव डा। प्रदीप पराजुलीले जानकारी दिनुभयो ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशन अनुसार अनुरोध गरिएको उहाँले बताउनुभयो ।

उहाँले बैठकमा पछिल्लो समसामयिक राजनीति र उपनिर्वाचनका लागि दल दर्ताको एजेन्डा मुख्य रहेको पनि बताउनुभयो ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार १२:२९