७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

सुनको मूल्यले निरन्तर छैठाैं दिन पनि नयाँ रेकर्ड बनायो, कति पुग्यो मूल्य?

११ असोज, काठमाडौँ । साताको छैठौं कारोबारको दिन शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा पाचँ सय रूपैयाँले बढेर प्रतितोला एक लाख ६१ हजार दुई सय रूपैयाँ कायम भएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार प्रतितोला १९ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : September 27, 2024 at 11:40 am