११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

एनएमबि बैंकद्वारा ‘नेक्स्टजेन बैंकिङ लिडर्स स्कलरसिप’ घोषणा

११ असोज, काठमाडौँ । भविष्यका बैंकिङ्ग क्षेत्रका लिडरहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले एनएमबि बैंकले ‘एनएमबि नेस्टजेन बैंकिङ लिडर्स स्कलरसीप’ को घोषणा गरेको छ । उक्त  बैंकले काठमाडौँ विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत प्रत्येक प्रदेशका एक–एक गरी जम्मा सात जना विद्यार्थीहरूलाई यो छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द बैंकर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इअर एसिया २०२१’ को उपाधीबाट सम्मानित भएको थियो । बैंकका अनुसार यस छात्रवृत्तिको मुल उद्देश्य प्रतिभावान भएका विद्यार्थीहरूमा लगानी गरी बैंकिङ्ग क्षेत्रको भविष्य सुनिश्चित गर्नु हो ।

यधपी विद्यार्थीहरूलाई बैंकिङ्ग क्षेत्रमा आवश्यक पर्ने सिप तथा ज्ञान प्रदान गर्दै भावी दक्ष बैंकरहरु उत्पादन गरी बैंकिङ्ग क्षेत्रको विकासमा टेवा पुर्‍याउनु पनि हो ।

हाल यस बैंकले देशभर २०१ शाखा, १८७ एटिएम तथा ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको एनएमबि बैंकले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार ११:२६