१५ पुष २०८१, सोमबार | Mon Dec 30 2024

वाइडेनको स्वागत समारोहमा प्रधानमन्त्री ओली सहभागी

१० असोज, अमेरिका । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भागलिने सिलसिलामा यहाँ रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभएको छ ।

राष्ट्रपति वाइडेनले न्युयोर्कस्थित मेट्रोपोलिटियन म्युजियम अफ आर्टस्मा आज आयोजना गर्नुभएको उक्त समारोहमा प्रधानमन्त्री ओलीसहित महासभामा भाग लिन आउनुभएका विश्वका विभिन्न मुलुकका राष्ट्र एवं सरकार प्रमुख सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार ०९:४६