१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

परराष्ट्रमन्त्री राणा र स्पेनका प्रधानमन्त्रीबीच भेटवार्ता

१० असोज, अमेरिका । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन यहाँ आउनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल र स्पेनबीच आपसी सम्बन्ध थप मजबुत बनाउनेलगायत विषयमा छलफल भएको थियो । नेपाल र स्पेनबीच सन् १९६८ को मे १३ तारिखमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

प्रकाशित मिति : September 26, 2024 at 9:36 am