९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

एनएमबि बैंकद्वारा पलेशा गोबर्धन र प्रशिक्षक कविराज नेगी लामालाई नगदसहित सम्मान

९ असोज, काठमाडौँ । एसियाली पाराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कांस्य पदक दिलाउन सफल पारातेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई एनएमबि बैंकले नगद रु.५ लाख १ हजारसहित सम्मान गरेको छ ।

यस्तै उनका प्रशिक्षक कविराज नेगी लामालाई समेत उक्त बैंकले रु. १ लाख १ हजार रुपैयाँ प्रदान गरिएको छ ।

पलेशाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै एनएमबि बैंकको विशेष समारोहमा गोबर्धन र उनका प्रशिक्षकलाई सम्मान स्वरुप नगद हस्तानतरण गरिएको बैंकले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार ११:२८