९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ६० हजार नाघ्यो

९ असोज, काठमाडौँ । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ७०० रूपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो ।यो मूल्य अहिलेसम्मकै उच्च भएको महासंघले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि ४० रूपैयाँले बढेर प्रतितोला १ हजार ९५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार १०:५०