८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

५८ अंकले घट्यो सेयर बजार, ५ अर्ब ६८ करोडको कारोबार

८ असोज, काठमाडौँ । सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ५८।९३ अंकले घटेर २,४७० को विन्दुमा कायम भएको छ ।

आज १० कम्पनीको सेयर मूल्य बढेको छ भने २३३ कम्पनीको सेयर मूल्य घटेको छ । ३०९ कम्पनीको १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६८ करोडमाथिको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको १८ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै, सानिमा रिलायन्स लाइफको १७ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसैगरी, हिमालयन रिइन्स्योरेन्सको १४ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अपर स्याङगे हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ७ दशलमव ८३ प्रतिशतका दरले कमाएका छन् । यस्तै नविल ग्रोथ फन्डका इकाईधनीले ४ दशलमव ५८ प्रतिशतका दरले कमाएका छन् ।

सबैभन्दा धेरै हिमालयन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलवार १५:२०