१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

बयानका लागि सरकारी वकिलको कार्यालय लगियो छविलाल जोशीलाई

८ असोज, कास्की । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीलाई बयानका लागि सरकारी वकिल कार्यालय पुर्‍याइएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापाका अनुसार आज बिहान साढे १० बजे जोशीलाई सरकारी वकिल कार्यालय पुर्‍याइएको हो ।

जिल्ला अदालत कास्कीले प्रहरीलाई जोशीलाई पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न सोमबार अनुमति दिएको थियो। यसै क्रममा जोशीलाई आइतबार काठमाडौंबाट पक्राउ गरी बुद्ध एयरको जहाजबाट आइतबार राति नै पोखरा पुर्‍याइएको थियो।

प्रकाशित मिति : September 24, 2024 at 11:35 am