८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, तोलाकै १ लाख ५९ हजार ७ सय पुग्यो

८ असोज, काठमाडौँ । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलवार १०:५४