१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

सेयर बजार विश्लेषकको मान्यता कसैलाई नदिएको भन्दै बुझेर लगानी गर्न नेप्सेको आग्रह

७ असोज, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०ले नेपाल हालसम्म कुनै पनि निकायबाट कसैलाई पनि बजार विश्लेकषको मान्यता नदिएको जनाएको छ ।

सोमबार दिउँसो एक सूचना प्रकाशन गर्दै नेप्सेले हालसम्म कसैलाई पनि बजार विश्लेषकको मान्यता नदिएको जानकारी गराएको हो ।

नेप्सेले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालमा हालसम्म कुनैपनि निकायबाट कसैलाई पनि बजार विश्लेषकको रूपमा दर्ता गर्ने वा मान्यता प्रदान गर्ने गरिएको छैन’

नेप्सेले सामाजिक सञ्जाल वा आम सञ्चारका माध्यममा त्यस्ता विश्लेषक वा विज्ञका नाममा आउने विश्लेषणलाई मात्र आधार नबनाई यथार्थ बुझेर मात्रै लगानी गर्न सुझाव दिएको छ ।

फेसबुक, ट्विटर, क्लब हाउस लगायतका सामाजिक सञ्जाल वा आम सञ्चारका माध्यममा त्यस्ता विश्लेषक वा विज्ञका नाममा आउने विश्लेषणलाई मात्र आधार बनाई लगानी गर्दा जोखिममा पार्ने नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : September 23, 2024 at 2:14 pm