८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

छविलाल जोशीलाई कास्की अदालत लगियो

७ असाेज, काठमाडाैँ । सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।

काठमाडौँबाट आइतबार पक्राउ गरेर पोखरा लगिएका जोशीलाई सोमबार म्याद थप गर्न अदालतमा उपस्थित गराइएको हाे ।

सहकारी बचत ठगीमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशीसहितलाई संसदीय छानबिन विशेष समितिले कारबाही गर्न सिफारिस गरेको थियो।

विभिन्न सहकारीबाट गोर्खा मिडियामा बचत आएको ठहर समितिको थियो। समितिले जिबी राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक कुमार रम्तेललाई पनि कारबाही सिफारिस गरेको छ।

प्रकाशित मिति : September 23, 2024 at 1:24 pm