१० असार २०८३, बुधबार | Wed Jun 24 2026

महासभाको छलफल सत्रमा प्रधानमन्त्री ओलीद्वारा अध्यक्षता

७ असोज, काठमाडौँ । प्रधानमन्त्री  केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औं महासभाअन्तर्गत  संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित मुख्यालयमा आज आयोजित ‘समिट अफ द फ्युचर’को संवाद सत्रको अध्यक्षता गर्नुभएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले अल्पविकसित देशहरूको समूह (LDCs) को अध्यक्षको हैसियतमा वक्तव्य दिन पाउँदा  शुखी भएको बताउनुभयो । उहाँले आज हाम्रा लाखौं बालबालिका भोकै बस्दा हाम्रो भविष्य कहाँ छ ? हामीले भविष्य भनेको के हो ? हाम्रा लाखौं युवाहरू कुपोषण र निरक्षरताको चपेटामा परेका बेला हामीले आफ्नो भविष्य कहाँ खोज्ने ? जस्ता प्रश्नहरू गम्भीर ढंगले उठिरहेको बताउनुभो ।

धनी र गरीब देशहरू बीचको बढ्दो डिजिटल विभाजनले एलडीसीहरूलाई अझ पछाडि छोड्ने खतरा रहेको उहाँले बताउँदै
विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ३.३ प्रतिशत मात्र योगदान दिए पनि, जलवायु परिवर्तनको विनाशकारी प्रभावहरूबाट एलडीसीहरू सबैभन्दा असुरक्षित भएको बताउनुभयो ।

समिट अफ द फ्युचरको उद’घाटनमा भाग लिएपछि  प्रधानमन्त्री  ओलीले छलफल सत्रको अध्यक्षता गर्नुभएको हो । प्रधानमन्त्री ओलीले महासभामा आजै सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : September 23, 2024 at 6:12 am