१० असार २०८३, बुधबार | Wed Jun 24 2026

रविले पक्राउबाट जोगाउन अपिल गरेपछि चीन गएको रास्वपाको टोली आज फर्किदै

७ असोज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी ठगीको मुद्दा, संगठित अपराधको मुद्दामा जोगाइदिन याचना गरेपछि चीन भम्रणमा गएको पार्टी नेताहरूको टोली आज फर्किदै छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तराष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिकरूपमा चीन नघुमिकनै नेपाल फर्किन लागेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि टोली शनिबार चीन पुगेको थियो । चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा। स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली १० दिनका लागि शनिबार मध्यरातमा चीनका लागि उडेको थियो ।

पार्टी सभापतिको रक्षा र सुरक्षका लागि भ्रमण छोट्याएर फर्किन लागेको उपसभापति वागनेले बताउनुभएको छ । टोलीमा पार्टी उपसभापति वाग्लेसँगै अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरु गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुसरकार श्रेष्ठ रहनुभएको छ ।

प्रकाशित मिति : September 23, 2024 at 6:01 am