७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता

७ असोज, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेली र भूटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच आज भेटवार्ता भएको छ ।

उहाँहरुबीच राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको कार्यालय न्युयोर्कमा भेटवार्ता भएको हो । भेटवार्तामा द्धिपक्षित हितका बारेमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार ०५:४८