६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

दोहोरो अंकले बढ्यो सेयर बजार, ५ अर्ब ९ करोडको कारोबार

६ असोज, काठमाडौँ । आज सेयर बजार बढेको छ । केही समयदेखि लगातार घटेको बजार आइतबार भने दोहोरो अंकले बढेको छ।

साताको पहिलो कारोबार दिन आज बजार ११.५८ अंकले बढेको हो । आज नेप्से परिसूचक २ हजार ५८८.३५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आज बैंकिङ्ग समूह १४.९१ अंक, विकास बैंक ३३.७४ अंक, हाइड्रोपावर १०.१५, लगानी समूह ०.६५, जीवन बीमा ३०.७४, निर्जीवन बीमा ६२.०६, व्यापार २.७० र अन्य इन्डेक्स ८.१९ अंकले वृद्धि भएको छ। यी बाहेकका अन्य समूहहरु भने घटेका छन् ।

यस्तै, कारोबार रकममा पनि केही गिरावट आएको छ । आज ५ अर्ब ९ करोड २९ लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड २४ लाख ८५ हजार ७३१ कित्ता सेयर किनबेच भएको हो ।

उक्त दिन सीइडीबी हाइड्रोपावरको सर्वाधिक २७ करोड ८० लाख २७ हजार रुपैयाँ बराबरको सेयर किनेबच भएको हो । यस्तै, एनएलजी इन्स्योरेन्सको १४ करोड ६९ लाख, नेपाल फाइनान्सको १२ करोड ९७ लाख, हिमालयन रिको १२ करोड ९४ र एनआरएन इन्फ्रास्ट्रक्चरको १० करोड २० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आईतवार १५:३१