५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

एमालेमा सक्षम नेताहरू छन परिआउँदा नेतृत्व लिएर अघि बढ्न सक्छनः ईश्वर पोखरेल

-किरण देउजा 

५ असोज, काठमाडौँ । नेकपा एमालेका कार्यबहाक अध्यक्ष ईश्वर पोखरेलले सक्रिय मान्छेले नै पार्टी र आन्दोलनको नेतृत्व गर्न सक्षम हुने बताउनुभएको छ । शनिबार नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीले गरेको अभिमुखिकरण कार्यक्रममा कार्यबहाक अध्यक्ष पोखरेलले राजनीतिमा निरन्तर क्रियाशिल हुने मानिसहरू नै गतिशिल र  सक्रिय हुने बताउनुभयो ।

लगनशिलता र क्रियाशिलतासँगै इमान्दारित पनि चाहिने भन्दै पोखरेलले एमालेमा धेरै सक्षम नेताहरू रहेको र उनीहरूले परिआउँदा नेतृत्व लिएर अघि बढ्न सक्ने बताउनुभयो । पोखरेलले जिल्ला कमिटीलाई अझ धेरै सदस्यता वितरण गर्दै पार्टीलाई मिस ०८४ सफल पार्न निर्देशन दिनुभयो ।

सो कार्यक्रममा एमाले केन्द्रीय सदस्य समेत रहनुभएका युवा(विद्यार्थी विशेष जिल्ला कमिटीको इन्चार्ज रमेश पौडेलले युवा मैत्री पार्टी बनाउन एमाले लागिपरेको बताउनुभयो । उहाँले भाइरल र अफवाहको पछि नलाग्न नेता कार्यकर्तामा अपिल समेत गर्नुभयो ।

अभिमुखीकरण कार्यक्रममा एमाले केन्द्रीय संगठन विभाग सचिव माधव ढुंगेलले पार्टी र दर्शनबारे प्रशिक्षण दिनुभएको थियो भने विशेष प्रदेशका अध्यक्ष प्रेम पराजुली सम्बोधन गर्नुभएको थियो । अभिमुखिकरण कार्यक्रममा विशेष प्रदेश कमिटीका सचिव मिलन धरेल, सदस्यहरु उषा अधिकारी, वाङ्छु योन्जन, रमेश भट्टराई, कल्पना वाईबा लगायत उपस्थित रहनुभएको थियो ।

अभिमुखीकरणकै अवसर पारेर युवा(विद्यार्थी विशेष जिल्ला कमिटीको आसन्न अधिवेशनको लोगो समेत सार्वजनिक गरियो । विशेष जिल्ला कमिटीले साउन र भाद्र महिना नयाँ सदस्यता वितरण गरेको र तिनै नयाँ सदस्यहरुलाई अभिमुखिकरण  तथा सपथ ग्रहण गराइएको हो ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार १६:०२