५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

संसदमा अवरोध कायम रहन्छ: अध्यक्ष दाहाल

५ असोज, काठमाडौँ ।  नेकपा (ओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुहरू सदन अवरोधको स्थितिमा रहेको बताउनुभएको छ ।

शनिबार पेरिसडाँडामा भएको शहीद प्रतिष्ठान नेपालको १५ औं वार्षिक आयोजनामा सम्बोधन गर्दै उहाँले संविधान र शान्ति सम्झौता विपरीतका गतिविधि अभिव्यक्ति संसदबाट आएका कारण अवरोध कायम रहने बताउनुभएको हो ।

 उहाँले भन्नुभयो-‘संविधान र शान्ति सम्झौताको मर्म, भावना विपरीत हत्या, हिंसा भनियो। हामी सदन अवरोधको स्थितिमा छौं। हामीले जबरजस्त त्यहाँबाट आक्रमण गरिरहेका छौं। हामी छोड्दैनौं । ‘हामीलाई कमजोर भनेर हिन भावना लिनु सही हुँदैन ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार १५:५९