५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

रवि लामिछाने भ्रष्टाचारी हुनः शंकर पोखरेल

५ असोज, दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भ्रष्टाचारी भएको बताउनुभएको छ । प्रेस चौतारी दाङले शनिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले ग्यालेक्सी टेलिभिजनमा कार्यरत रहँदा रविले भ्रष्टाचार गरेको दावी गर्नुभयो । गोरखा मिडिया प्रालिमा रविले बिना लगानी १५ प्रतिशत शेयर भएको यसअघि सार्वजनिक रूपमै स्वीकार गर्नुभएको थियो ।

पोखरेलले विना लगानी शेयर धनी बन्न पाउने नेपालको कानुनले परिकल्पना नगरेको बताउँदै बिना लगानी शेयर लिनु भनेको भ्रष्टाचार गर्नु सरह भएको बताउनुभयो । उहाँले सित्तैमा पैसा लिनु भ्रष्टाचार नै भएको दाबी गर्दै भ्रष्टाचारीका पक्षमा जनता लाग्न नहुने बताउनुभयो ।

सहकारीको शेयर सदस्य नभएकालाई सहकारीले लगानी गर्नु गैर कानूनी भएको भन्दै भन्दै महासचिव पोखरेलले रवि लामिछानेले सहकारीको सदस्य नभएको गोरखा मिडिया प्रालिमा सहकारीको पैसा हालेर अनुचित काम गरेको दाबी गर्नुभयो ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार १४:४४