४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सिरक ओढ्नुस्, पानी पिउनुस् तर पार्टीविरुद्ध नलेख्नुस्: अध्यक्ष नेपाल

४ असोज, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केही पार्टीकै नेता-कार्यकर्ताहरूले पार्टीमा निराशा पैदा गर्नेगरी लेख्ने र बोल्ने गरेको भन्दै अबदेखि पार्टीविरुद्ध लाग्नेहरूलाई छुट नदिने चेतावनी दिनुभएको छ । आज काठमाडौँमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष नेपालले भन्नुभयो- ‘केही साथीहरूले अनेक ढङ्गले निराशा पैदा गर्नेगरी लेख्ने र बोल्ने गरिरहेका छन् । त्यस्तो गर्नु गलत हो ।‘जे लागेको छ पार्टीभित्र राख्नुस् र कमी कमजोरी छन् भने छलफलको गरौँ । तर चुनावमा नजितेपछि असन्तुष्टि पोख्दै हिँड्ने काम नगरौँ । त्यसलाई छुट दिन सकिँदैन ।’छुट दिएर पार्टी चल्दैन ।

रिसको बेलामा लेख्नुको साटो बरु घरमा गएर पानी पिएर नबोलेर र मोबाइल समेत नचलाउन उहाँले सुझाव दिनुभयो ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार १६:०१