१० असार २०८३, बुधबार | Wed Jun 24 2026

आज चार वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

४ असोज, काठमाडौँ । आज सिंहदरबारस्थित चार वटा संसदीय समितिको बैठक बस्दैछ। उक्त बैठक विभिन्न समयमा बस्ने तय भएको संघीय संसद सचिवालयले जनाएको छ।

बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने तय भएको छ। यस बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग दफादार छलफल हुने कार्यसूची रहेको छ भने बिहान ११ बजे नै अर्को सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ। उक्त बैठकमा भने राष्ट्रिय निकुञ्जको अवलोकन सम्बन्धी छलफल हुनेछ ।

बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। उक्त बैठकमा कार्यपरामर्श उपसमिति पुनर्गठन, नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि छलफल हुनेछ।

त्यसैगरी, शुक्रबार दिउँसो १ बजे राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्दैछ । यस बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वका सम्बन्धमा नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।

प्रकाशित मिति : September 20, 2024 at 10:30 am