२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

युर्थ कन्क्लेभका लागि पुर्व मन्त्री योगश भट्टराई अष्ट्रेलियामा

अष्ट्रेलिया । पुर्व पर्यटन मन्त्री तथा नेकपा एमालेका सचिव योगेश भट्टराई एनआरएनएको आयोजनामा हुन लागेको युर्थ कन्क्लेभमा सहभागी हुनका लागि बुधवार अष्ट्रेलिया आईपुगेका छन् ।

सिड्नी एयरपोर्टमा एनआरएनए आईसिसि अध्यक्ष डा. बद्री केशी, न्यु साउथ वेल्स राज्यका लागि नेपाली वाणिज्यदुत संजिव शर्मा, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी उपाध्यक्ष रमेश पाण्डे , एनआरएनए आईसिसि उपाध्यक्ष डा. विनोद श्रेष्ठ, ओएनएफ अष्ट्रेलिया अध्यक्ष केशव जोशी लगायतले स्वागत गरेका थिए |

भने कार्यक्रम स्थल एडिलेडमा पुग्नु भएका भट्टराईलाई एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक संजय पुरी, एनआरएनए अष्ट्रेलिया पुर्व उपाध्यक्ष अशोक केशी, सचिव थीर गुरुङ्ग, ओएनएफ ओशियाना अध्यक्ष राजु उपाध्याय, ओएनएफ साउथ अष्ट्रेलिया अध्यक्ष युवराज पहाडी लगायतले स्वागत गरेका थिए ।

सोहि कार्यक्रममा सहभागी हुन योजना आयोगका पुर्व उपाध्यक्ष तथा नेपाली कांग्रेसका नेता डा. गोविन्द पोखरेल , सेतोपाटीका सम्पादक अमित ढकाल सेप्टेम्वर २०, शुक्रवार अष्ट्रेलिया आउने एनआरएनए अष्ट्रेलियाका सचिव थीर गुरुङले बताए ।

गुरुङले कार्यक्रममा नेपालमा स्थापित नेतृत्व र यहाका उदयमान युवा नेता विच युवालाई नेतृत्वमा कसरी पुराउन सकिन्छ र त्यसमा के खाडल छ त्यो पुरा गर्न छलफल गर्ने बताए ।

प्रकाशित मिति : September 18, 2024 at 5:01 pm