१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने जनताले बुझ्न थालेका छन्: अध्यक्ष दाहाल

२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका लागि केही गर्ने माओवादी नै भएको जनताले बुझ्न थालेको र पार्टीप्रति देशभर आकर्षण बढेको दाबी गर्नुभएको छ । केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त परामर्श बैठकलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले आफूहरू सातै प्रदेशको कार्यक्रममा जाँदा पार्टीप्रति झन् आकर्षण बढ्दै गएको पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो-‘अरूबेला सरकार छाडेपछि कार्यकर्ता र समर्थकमा निराशा देखिन्थ्यो तर अहिले सबैतिर उत्साह देखिएको छ । हामीले राम्रो काम गर्दागर्दै पनि भ्रष्ट, माफिया र दलालहरूले हटाएको भन्ने जनताले बुझ्न भालेका छन् । सरकारका पछिल्ला विवादित कामहरूले गर्दा झन् जनताले देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने बुझ्न थालेका छन् । यसलाई अवसरमा बदलेर अघि बढ्नुपर्छ ।’

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार १४:००