३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

इसेवाको दसैँ-तिहार अफरमा जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न सकिने

२ असाेज, काठमाडौँ । इसेवाले यसपालिको चाडपर्व लक्षित गरी “इसेवाको कारोबारमा NAMMI को दामी कार ” अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत असोज १ गतेदेखि कार्तिक ३० गतेसम्म इसेवाबाट जुनसुकै कारोबार गर्ने प्रयोगकर्ताहरू मध्ये एक भाग्यशाली प्रयोगकर्ताले नयाँ नामी इलेक्ट्रिक कार जित्न सक्नेछ । साथै, रु.१०० को खेलमा प्रत्येक महिना एक भाग्यशाली प्रयोगकर्ताले iPhone १६ पनि जित्न सक्नेछन् भने रू.१०० मा यो खेल खेल्ने र त्यो रकम मोबाइल रिचार्जको रुपमा फिर्ता नै पाउने कम्पनीले जनाएकाे छ ।

यधपी, दैनिक र साप्ताहिक रुपमा पनि आकर्षक अफर र उपहार जित्न सकिनेछन् । दैनिक अफर अन्तर्गत प्रयोगकर्ताहरुले तोकिएको समयमा अधिकतम छुट तथा क्यासब्याक पाउन सक्नेछन्। साप्ताहिक रुपमा आउने अफरमा भने हरेक हप्ताको मङ्गलबार इसेवाका विभिन्न सेवाहरु: मोबाइल रिचार्ज, इन्टरनेट बिल भुक्तानी, हवाई टिकट, इस्पीकर खरिद, बीमा भुक्तानी लगायतका सेवाहरूमा विशेष छुट तथा क्यासब्याक पाउन सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार १३:०७