६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?

२ असोज, काठमाडौँ । साताको चौथौ कारोबारको दिन बुधबार  नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ३ सय रूपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख ५६ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा १५ रूपैयाँले घटेर प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रकाशित मिति : September 18, 2024 at 10:40 am