१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

गगनप्रति लक्षित गर्दै रविकाे प्रश्न- प्रमाण कस्तो हुन्छ भन्ने कुरा थाहा भयो होला नि?

१ असोज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू निर्दोष रहेको र अब गोर्खा मिडियातिर आफूलाई तान्ने प्रयास हुने बताउनुभएको छ ।

काठमाडौंमा मंगलबार पार्टीको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उहाँले संसदीय छानबिन विशेष समितिले आफू सहकारी रकम हिनामिनामा संलग्न नभएको प्रमाणित गरेको बताउनुभएको हो । कार्यक्रममा उहाँले आफूलाई सहकारी ठग भन्न अब नमिल्ने भएपछि गोर्खा मिडियातिर ध्यान केन्द्रित हुने बताउनुभयो ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै उहाँले प्रमाण कस्तो हुन्छ भन्ने कुरा थाहा भयो होला नि? भन्दै प्रश्न समेत गर्नुभयो।

उहाँले भन्नुभयो, ‘ सहकारी त सकियो अब सहकारी ठग भन्न मिलेन। प्रमाण कस्तो हुन्छ भन्ने कुरा त आफ्नै केन्द्रीय नेताहरू बसेको भएर थाहा भइहाल्यो होला नि।  कस्तो हुनुपर्दछ प्रमाण भन्ने त हामीले भन्नु परेन होला नि। म कसैको कटाक्ष गर्न आएको होइन। तर छुस्स त दिनुपर्‍यो नि।’

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलवार १२:३४