३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

रास्वपा सकिएको होइन, बरु रास्वपाले अरूलाई सक्काउँछ: सभापति लामिछाने

१ असोज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कतिपयले रास्वपालाई टिका टिप्प्णी गरी रास्वपा सकिएको भनेपनि रास्वपा नसकिएको बरु अरूलाई सक्काउँने बताउनुभएको छ । मंगलबार काठमाडौँको कमलादीमा सुरु भएको पार्टीको दुई दिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएका हो ।

उहाँले पार्टी स्थापनाको छोटो समयमा हुनुपर्ने र नपर्ने घटनाका चाङमाथि रास्वपा उभिएको र कुनै न कुनै समस्याले नछोडेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो- ‘हाम्रो आगमन नै अरू पार्टीका लागि समस्या भयो त हामी के गरौँ ? मुलुकमा कुनै ठुलो विपत्ति नपरीकनै दुई ठुला दल मिलेर सरकार बनाउनुपर्ने कुनै कारण थिएन । ‘रास्वपा सकिएको होइन, बरू अरूलाई सकाउँछ । बल्ल लडाई सुरु हुदैछ । हामी लड्ने लडाईमा कसैको सिउँदो पुछिँदैन । हामी शान्त विद्रोह गर्नेछौँ ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलवार १०:४८