६ बैशाख २०८३, आइतबार | Mon Apr 20 2026

सिटी एक्सप्रेसको दसैं-तिहार योजना सार्वजनिक

३१ भदौ, काठमाडौँ ।  सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘१८औं वर्षमा १८ गुणा, उपहार योजना सार्वजनिक गरेको छ। कम्पनीले आउँदै गरेको चाडपर्व लक्षित गरी १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा लगातार ९० दिनसम्म चल्ने ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा, उपहार योजना सार्वजनिक गरेको हो।

उक्त उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत प्रत्येक महिना २ जनालाई सामसङको स्मार्ट फोन र प्रत्येक हप्ता २ जनालाई सामसङको स्मार्ट टिभीका साथै ९० दिन लगातार १८ जना विजेताहरूलाई जनही ५०० रूपैयाँको वालेट टपअप र एक जना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उक्त अफर असोज १ देखि मंसिर ३० सम्म लागु हुनेछ।

प्रकाशित मिति : 16:29