खेलकुद तथा पकवानमार्फत पर्यटन प्रवर्द्धन गर्ने समझदारी
२८ भदौ, काठमाडौं । नेपालमा खेलकुद तथा रैथाने नेपाली पकवानमार्फत पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय खेलकुद पत्रकार मञ्च एसिया र होटल संघ नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौँमा जारी अन्तर्राष्ट्रिय खेलकुद पत्रकार मञ्चको २५औँ कंग्रेसमा होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाह र मञ्चका अध्यक्ष हे डन जुंगबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
होटल संघ नेपालले आयोजना गरेको रात्रिभोजमा कंग्रेसमा भाग लिन नेपाल आएका ७० भन्दा बढी देशका वरिष्ठ खेलकुद पत्रकारको सम्मानमा १० नेपाली मास्टर सेफहरूले तयार पारेको नेपाली रैथाने परिकार र पेय पदार्थहरूबाट स्वागत सत्कार गरिएको थियो । उक्त स्वागत समारोहमा अन्तर्राष्ट्रिय खेलकुद पत्रकार र आयोजक होटल संघ नेपाल, पर्यटन सम्वद्ध संस्था तथा नेपाल खेलुकद पत्रकार मञ्चका पदाधिकारीबीच खेलकुदलगायत पर्यटन प्रवर्द्धनका विविध विषयमा भावी कार्य योजनाबारे छलफल भएको थियो ।
प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार १३:३९