१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

कांग्रेस र एमाले मिलेपछि अरू पार्टी सिधिन्छन्, सिध्याउन खोजे भन्छन् तर त्यस्तो हुँदै होइन: देउवा

२७ भदौ, काठमाडौँ । मुलुकमा दुई वटा पार्टी मात्रै अस्तित्वमा रहने गरी कांग्रेस र एमाले अघि बढेको भन्दै केही नेताहरूले दिएको अभिव्यक्तिमा सत्यता नरहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताउनुभएको छ ।

बिहीबार सभापति देउवाले केन्द्रीय कार्यालय सानेपामा उत्कृष्ट स्थानीय तह प्रमुखहरूलाई सम्मान गर्दै अरू कुनै पनि पार्टीलाई सिध्याउने उद्देश्य कांग्रेसको र एमालेको नरहेको बताउनुभएको हो ।

सभापति देउवाले भन्नुभयो-‘केही नेताहरूले दुई पार्टी मिलेपछि अरू पार्टी सिधिन्छन्, सिध्याउन खोजे भन्छन् तर त्यस्तो होइन । कांग्रेसले त्यस्तो चाहँदैन र एमालेको पनि यस्तो सोच देखेको छैन। मेरो चिन्ता भनेको यही मात्र छ, पार्टीलाई बलियो बनाऔं ।’

उहाँले पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिँदै स्थानीय, प्रदेश र संघ मिलेर काम गर्नुपर्ने पनि बताउनुभयो ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार १८:०१