७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

दाेहाेराे अंकले घट्याे सेयर बजार, कारोबार रकम ६ अर्ब ८५ करोडमा खुम्चियो

२६ भदाै, काठमाडौँ । सेयर बजारको गिरावट बुधबार पनि जारी रहेको छ। नेप्से परिसूचक २२.७३ अंकले घटेर २६१०.२१ को विन्दुमा झरेको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ३ वटा समूह बढेको छ भने १० वटा घटेको छ। यो दिन ६६ कम्पनीको सेयर मूल्य बढ्दा १७४ वटाको घटेको छ भने ४ वटाको स्थिर रहेको छ।

घटेको बजारमा आज विन नेपाल लघुवित्त र थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस्तै एसियन हाइड्रोपावरको सेयर मुल्य सर्वाधिक ६.८८ प्रतिशतले घटेको छ। आज सीईडीबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

मंगलबारकाे तुलनामा आज कारोबार रकम पनि घटेको छ। कारोबार रकम ६ अर्ब ८५ करोड ११ लाख रुपैयाँमा खुम्चिएको हाे।

प्रकाशित मिति : September 11, 2024 at 3:24 pm