इकु नामले परिचित कलाकार सुलेमान शंकर पक्राउ
२६ भदौ, काठमाडौँ । कलाकार सुलेमान शंकर (इकु) पक्राउ परेका छन् । कलाकार भिषामा युरोप पठाउने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गरेको आरोपमा उनि पक्राउ परेका हुन् ।
केन्द्रीय अनुसन्धान व्यूरोले उनलाई मंगलबार बुढानिलकण्ठबाट पक्राउ गरेको हो । विभिन्न देशहरुमा हुने नेपाली सांस्कृतिक कार्यक्रमहरुमा आवश्यक पर्ने कलाकारको रुपमा कलाकार भिषामा लैजाने प्रलोभनमा रकम ठगी गरेको आरोप उनिमाथि छ ।
उनि आफैँले संचालन गरेको कम्पनी एसएमएस फिल्मस् प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा रहेको खातामा प्रतिव्यक्ति १५ देखी २० लाखसम्म रकम जम्मा गर्न लगाउने गरेका थिए ।
खातामा रकम जम्मा गरिसकेपछी भिषा प्रयोजनको लागि आवश्यक पर्ने बैंक स्टेटमेन्ट लगायतका कागजातहरु समेत नक्कली बनाउने, रकम जम्मा गर्ने पीडितहरुले भिषा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमको लागी तयारी हुँदैछ भन्दै सम्पर्कबिहिन भएको आरोप उनिमाथि छ ।
उनिमाथि अनुन्सन्धान गर्न जिल्ला अदालत काठमाडौँले ९० दिनको म्याद दिएको छ ।
प्रकाशित मिति : 14:18









