१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

दुई समितिको सभापति चयन गर्न राष्ट्रिय सभाका अध्यक्ष दाहालले तोके निर्वाचन मिति

२६ भदौ, काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले रिक्त दुई समितिको सभापति चयन गर्न मिति तोक्नुभएको छ ।

विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापति पदपूर्तिका लागि भदौ ३१ गते निर्वाचन गर्ने गरी अध्यक्ष दाहालले आज मिति तोक्नुभएको हो ।

साेमबार बिहान साढे १० बजेदेखि मध्याह्न साढे १२ बजेसम्म सभापतिका लागि प्रस्ताव दर्ता गर्ने र दिउँसो १ बजे दर्ता भएका प्रस्तावको दर्ता क्रमअनुसारको सूची प्रकाशन गर्नेछ ।

त्यसपछि सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले समर्थन गर्ने र प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गरिनेछ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार १३:२४