३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

२६ भदौ, काठमाडौँ । बुधबार दिउँसो २ बजे बस्नेगरी नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय आलोकनगरमा बस्नेगरी बोलाएको हो ।

उक्त बैठकमा बदलिँदो राजनीतिक घटनाक्रमका साथै उपसभामुख इन्दिरा रानामाथि उठेका प्रश्नबारे छलफल गरी धारणा बनाउने उपमहासचिव तथा पार्टी केन्द्रीय कार्यालयका सचिव रामकुमार भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 12:14