१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

उपसभामुख रानामाथि उठेका प्रश्नमा छलफल गर्न रास्वपाले बोलायो बैठक

२६ भदौ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेगरी सचिवालय बैठक बोलाइएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

उक्त बैठक रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा रानामाथि संसदमा प्रश्न उठेपछि रास्वपाले उठेका प्रश्नबारे छलफल गर्न सचिवालय बैठक बोलाएको हो ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार ११:५०